कोरोनाको मापदण्ड उल्लङ्घन गर्दा नर्वेकी प्रधानमन्त्रीले तिर्नुपर्‍यो जरिवाना



Download our app to get more features

एजेन्सी, २८ चैत । कोरोना नियन्त्रणको मापदण्ड उल्लङ्घन गरेको भन्दै नर्वेकी प्रधानमन्त्री इरना सलबर्गलाई जरिवाना तिराइएको छ ।

कोरोना भाइरस नियन्त्रणको मापदण्ड अन्तर्गत सामाजिक दुरी कायम नगरेको र आफ्नो जन्मदिनमा पारिवारिक भेला गरेको भन्दै उनलाई जरिवाना तिराइएको पत्रिका ‘द गार्जियन’ले जनाएको छ । प्रधानमन्त्री सलबर्गलाई २० हजार क्रोनर अर्थात् दुई लाख ८० हजार नेपाली रुपैयाँ जरिवाना तिराइएको हो । 

नर्वेको सरकारले १० जनाभन्दा बढी मानिस भेला गर्न बन्देज गरेको अवस्थामा फेब्रुअरीको अन्तिममा उनले आफ्नो ६० औं जन्मदिनको उपलक्षमा १३ जना आफन्तलाई बोलाएर पार्टी गरेकी थिईन ।  त्यसपछि चौतर्फी विरोध भएपछि आफूले पार्टी गरेकोमा उनले पटक पटक माफी पनि मागेकीछन् ।  

हिजो शुक्रबार उनले प्रहरीले तोकेअनुसार जरिवाना तिर्न आफू तयार भएको बताएकीहुन ।  ‘म अँझै पनि आफूले कोरोना भाइरस नियन्त्रणको मापदण्ड उल्लङ्घन गरेकोमा माफी चाहन्छु’, उनले भनिन, ‘म जरिवाना तिर्न तयार छु ।’
 

Last modified on 2021-04-11 08:19:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts