भारतको नागपुरमा कोभिड अस्पतालमा आगलागि हुँदा ४ जनाको मृत्यु



Download our app to get more features

भारत, २८ चैत । भारतको नागपुरमा कोभिड अस्पतालमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार नागपुरको वेल ट्रीट अस्पतालको आईसीयूमा आगलागी एक जना महिलासहित ४ जनाको मृत्यु भएको हो । आगलागी पछि अस्पतालमा रहेका अन्य बिरामीहरुलाई सकुशल उद्दार गरिएको छ ।

आगलागिको कारणबारे केही खुलाइएको छैन भने घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । 

भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । नागपुरमा मात्रै गत २४ घन्टामा झन्डै ७ हजार नयाँ संक्रमित थपिएका छन् ।

Last modified on 2021-04-10 11:39:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts