भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोपको दोस्रो डोज
भारत, २६ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएका छन् ।
दिल्ली स्थित एम्स अस्पतालमा उनले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएका हुन् ।
प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा आफूले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको जानकारी दिएका छन् ।
उनले कोरोना भाइरसलाई परास्त गर्नका लागि खोप एक महत्त्वपूर्ण तरिका रहेको ट्विटरमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले कोरोना विरुद्धको लडाईमा खोपले सहयोग गर्ने भएकाले सबैलाई खोप लगाउन पनि आग्रह गरे ।
Last modified on 2021-04-10 06:49:24