सातामा दुई पटक हरेक व्यक्तिको घरमै गएर कोरोना परीक्षण गरिने
एजेन्सी, २३ चैत । बेलायतमा हरेक व्यक्तिको घरमै सातामा दुई पटक निःशुल्क कोरोना भाइरस परीक्षण गरिने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यसको घोषणा सोमबार गर्ने डेलीमेलले जनाएको छ ।
यसले मुलुकलाई कोरोनाबाट मुक्त हुन सहयोग गर्ने विश्वास प्रधानमन्त्री जोन्सनले गरेकाछन् । उनले ‘लकडाउन’ लाई खुकुलो पारिने पनि बताएकाछन् ।
डेलीमेलका अनुसार अर्को सातादेखि बेलायतका पसलहरू, जिमखाना तथा शैलुनहरू खुल्नेछन् । त्यस्तै रेस्टुराँ, क्याफे जस्ता व्यापारिक क्षेत्रहरू पनि आंशिक रूपमा खोल्न अनुमति दिइने बताइएको छ ।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि सरकारले पुनः लकडाउन गरेको थियो ।
Last modified on 2021-04-05 20:14:10