भारतको महाराष्ट्रमा आजदेखि कडा लकडाउन, कर्फ्यूबाहेकको समयमा पनि घरबाट निस्कन नपाइने



Download our app to get more features

बीबीसी, २३ चैत । भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमणको दर बढेसँगै एक महिनाका लागि प्रतिबन्धात्मक नियम लागू गरिएको छ । 

कोरोना सङ्क्रमणको दर रोकथामका लागि महाराष्ट्र सरकारले आजदेखि लागू हुनेगरि प्रतिबन्धात्मक व्यवस्था लागु गरिने बताएको छ । कोरोना रोकथामका लागि भन्दै आजदेखि धारा १ सय ४४ लागू हुने बीबीसीले लेखेको छ । 

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले धारा १ सय ४४ लागू गर्नुभएको घोषणा गरेका हुन् । 

महाराष्ट्रमा आज बिहान ७ बजेदेखि शुक्रवार राति ८ बजेसम्म कडा लकडाउन रहने पनि उहाँले जानकारी दिए । उनले यस अवधिमा पाँच जनाभन्दा बढी मानिसहरु एक ठाउँमा जम्मा हुन नपाउने र लकडाउनको अवधिबाहेक पनि राति ८ बजेदेखि बिहान ७ बजेसम्म घरभन्दा बाहिर निस्कन नपाइने बताए । 

उनले आजदेखि लागू हुने लकडाउन अप्रिल ३० सम्म जारी रहने भन्दै यस सयमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र आवश्यक सवारीसाधनलाई मात्रै सञ्चालनका लागि अनुमति दिएको उल्लेख गरे ।

भारत कोरोना महामारीका कारण विश्वकै तेस्रो प्रभावित मुलुक हो । पछिल्लो समय भारतमा दैनिक ८० देखि ९० हजारका दरले कोरोना सङ्क्रमित थपिन थालेका छन् । कोरोना महामारीका कारण भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो । 

आइतबार मात्रै महाराष्ट्रमा ४५ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

Last modified on 2021-04-05 11:45:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts