अक्सफर्ड–एस्ट्राजेनेकाको कोरोना खोपले मस्तिष्कमा रगतको ढिक्का बन्छ !



Download our app to get more features

बीबीसी, २३ चैत । अक्सफर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप लगाएकाहरुको मस्तिष्कमा रगतको ढिक्का देखिएको छ ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सको मेडिसिन विभागले अक्सफर्ड–एस्ट्राजेनेकाको कोरोना खोप लगाएका कतिपय मानिसहरुको मस्तिष्कमा असामान्य रूपले रगतको ढिक्का पाइएको बताएको छ । 

खोप लिइसकेपछि कतिपय मानिसमा “सेरिब्रल भीनस साइनस थ्रोम्बोसिस” (सीभीएसटी) अर्थात् मस्तिष्कको बाहिरी सतहमा ड्यूराम्याटरको तहकोबीच रहेको भागमा रगतको ढिक्का देखिएको पनि विभागले जनाएको छ । 

यस्तै केही समस्या देखिएपछि जर्मनीसमेत युरोपका विभिन्न मुलुक र एसियाका केहि मुलुकहरुमा अक्सफर्ड–एस्ट्राजेनेकाको कोरोना खोपलाई प्रतिबन्ध गरिएको छ । 

हप्किन्स मेडिसिन्सका अनुसार सीभीएसटीका कारण रक्त कोशहरु ट्टन सक्ने हुन्छ । जसले मस्तिष्कको कोशहरुमा रगत बग्ने र मस्तिष्कघात हुन सक्छ ।
 
तर, विश्व स्वास्थ्य संगठन र युरोपीय मेडिसिन एजेन्सीले खोपको खतराको तुलनामा यसबाट हुन सक्ने फाइदा बढी रहेको दावी गर्दै आएको छ ।

विश्वका विभिन्न वैज्ञानिक र औषधि सुरक्षा नियामकहरु ब्रेन स्ट्रोकको कारण खोप नै हो भन्ने विषयको अध्ययनमा लागि रहेको छ । यदि खोपकै कारण मानिसहरुमा मस्तिष्कघातको समस्या देखिएको छ भने त्यसले ठूलो चुनौती निम्त्याउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । 

हालसम्म खोपकै कारण मानिसहरुमा मस्तिष्कघात भएको वा रगत जमेको भन्ने विषयमा कुनैपनि ठोस प्रमाण फेला पर्न सकेको छैन । त्यसकारण यस विषयमा आत्तिहाल्ने अवस्था नरहेको पनि विश्व स्वास्थ्य संगठन र युरोपिय मेडिसिन एजेन्सीले बताउँदै आएको छ ।

Last modified on 2021-04-05 11:45:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts