भारतमा स्वास्थ्यकर्मीलाई दिइने कोरोना विरुद्धको खोपको रजिस्ट्रेशन बन्द
बीबीसी, २२ चैत । भारतले स्वास्थ्यकर्मी र फ्रन्टलाइनरलाई कोरोना विरुद्धको खोपको रजिस्ट्रेशन बन्द गरेको छ ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य र केन्द्र शासित प्रदेशहरुलाई अबदेखि स्वास्थ्यकर्मी र फ्रान्टलाइनरलाई दिइने कोरोना विरुद्धको खोपके रजिस्ट्रेशन बन्द गर्न निर्देशन दिएको छ ।
नियम उल्लघंन गर्दै ‘अनुचित’ लाभार्थीले आफ्नो नाम रजिस्ट्रेशन गराएका कारण यस्तो निर्णय गर्नुपरेको सरकारले बताएको छ ।
यसका साथै केन्द्र सरकारको उद्देश्य अब ४५ वर्षभन्दा बढी उमेर भएकाहरुलाई कोरोना विरुद्धको खोप लगाउनेमा केन्द्रीत रहेको छ ।
केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले ४५ वर्षभन्दा बढीका मानिसहरुलाई कोरोना विरुद्धको खोपका लागि कोविन वेबसाइटमा गएर रजिस्ट्रेशन गर्न सक्ने बताए ।
स्वास्थ्य सचिव भुषणले स्वास्थ्यकर्मी र कोरोन फ्रन्टलाइन वर्कर्सका लागि खोपको समय कैयौंपटक थपिसकिएको र पछिल्ला केहि दिनमा यस यस श्रेणीमा रजिस्ट्रेशन गराउनेमा २४ प्रतिशतले वृद्धि भएको हुँदा तत्कालका लागि रजिस्ट्रेशन बन्द गरिएको पनि जानकारी गराए ।
भारत कोरोना महामारीका कारण विश्वकै तेस्रो प्रभावित मुलुक हो । जहाँ पछिल्लो समय दैनिक ८० देखि ९० हजारका दरले कोरोना संक्रमित थपिन थालेका छन् ।