कोरोना संक्रमण बढेपछि बंगलादेशमा देशव्यापी ‘लकडाउन’को घोषणा



Download our app to get more features

एजेन्सी, २१ चैत । कोरोना संक्रमण ह्वात्तै बढेपछि बंगलादेशमा एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । लकडाउन आगमी ५ अप्रिल सोमबारबाट शुरु हुने बताइएको छ ।

शनिबार विहान यातायात मन्त्री समेत रहेका अवामी लिगका महासचिव अव्दुल कादिरले भने सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको छ ।उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।

यता सामान्य प्रशासन राज्यमन्त्री फराद हसनले ढाका ट्रिव्युटलाई प्रतिक्रिया दिदै भने, ‘लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालनमा रहनेछ ।’ उनले उद्योगधन्दा बन्द गरियो भने मजदुरहरु काम छोडेर गाँउ फर्कने र संक्रमण झनै फैलने खतरा भएकाले यस्तो निर्णय लिएको प्रतिक्रिया दिए ।

बंगलादेशमा पछिल्लो चौविस घण्टामा ६ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ५० जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमणदर २३.२८ प्रतिशत रहेको समेत जनाएको छ । अहिलेसम्म बंगलादेशमा ६ लाख २४ हजार५९४ जनामा संक्रमण देखिएको छ ।

Last modified on 2021-04-03 20:21:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts