विश्वभर कोरोना संक्रमितको संख्या १३ करोड नाघ्यो, २ करोडभन्दा बढी सक्रिय संक्रमित
एजेन्सी, २० चैत । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १३ करोड नाघेको छ ।
अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार गत २४ घन्टामा विश्वभर कोरोना भाइरसका कारण ६ लाख ८६ हजार ४ सय ७३ नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १३ करोड १ लाख ५० हजार २ सय ९३ पुगेको छ ।
गत २४ घन्टमा सबैभन्दा बढी ब्राजिलमा ८९ हजार ४ सय ५९, भारतमा ८१ हजार ४ सय ४१, अमेरिकामा ७६ हजार ७ सय ६१, फ्रान्समा ५० हजार ६ सय ५९, पोल्याण्डमा ३५ हजार २ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै गत २४ घन्टामा ११ हजार ५ सय १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ लाख ३९ हजार ५ सय ४ पुगेको छ ।
गत २४ घन्टामा सबैभन्दा धेरै ब्राजिलमा ३ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ९ सय ४८, भारतमा ४ सय ६८, रुसमा ३ सय ८३, फ्रान्समा ३ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये १० करोड ४८ लाख ७६ हजार ८ सय ९२ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २४ लाख ३३ हजार ८ सय ९७ रहेको छ ।