बलिउडका चर्चित गायक बप्पी लहरीमा कोरोना संक्रमण, अस्पताल भर्ना गरियो



Download our app to get more features

भारत, १९ चैत । बलिउडका चर्चित गायक एवं म्युजिक कम्पोजर बप्पी लहरी कोरोना संक्रमित भएका छन् ।

६८ वर्षीय लहरीका परिवारले उनी कोरोना संक्रमित भएको कुरा पुष्टि गरेका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि हाल उनलाई अस्पताल भर्ना गरिएको छ । उनकी छोरी रीमा लहरीले एक वक्तव्य जारी गर्दै आफ्ना बुबा बप्पी लहरीमा कोरोना संक्रमण पुष्टि भएको र उनलाई अस्पताल भर्ना गरिएको बताएकी छन् ।

उनले बुबामा कोरोनाको सामान्य लक्षण देखिएको भएपनि उमेरको हिसाबले स्वास्थ्यमा थप जटिलता आउन सक्ने सम्भावनालाई ध्यानमा राखी अस्पताल भर्ना गरिएको बताइन् ।

लहरीलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । 

बप्पी लहरीले बलिउडमा ५ सयभन्दा बढी गित कम्पोज गरिसकेका छन् । उनलाई गोल्ड म्यान भनेर पनि चिन्ने गरिन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts