२४ घन्टामा विश्वभर थप १० हजार ८ सय ५३ जनाको मृत्यु, २ करोड २ लाखभन्दा बढी सक्रिय संक्रमित



Download our app to get more features

एजेन्सी, १८ चैत । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या सवा २८ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर कोरोना भाइरसका कारण १० हजार ८ सय ५३ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८ लाख १५ हजार ९ सय ९१ पुगेको छ । 

गत २४ घन्टामा सबैभन ब्राजिलमा ३ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ भने ८६ हजार बढी संक्रमित थपिएका छन् । यस्तै कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ८ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने भारतमा ३ सय ५५, रुसमा ४ सय ९, फ्रान्समा ३ सय ४८, इटलीमा ५ सय २९, जर्मनीमा २ सय ३४, पोल्यान्डमा ४ सय १, मेक्सिकोमा २ सय ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ करोड ८८ लाख ३ हजार ७ सय २ पुगेको छ भने हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ करोड ३९ लाख ४१ हजार ३ सय ३४ जना स्वस्थ भएका छन् । 

हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २ लाख ४६ हजार ३ सय ६६ रहेको छ ।

Last modified on 2021-03-31 19:57:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts