अमेरिकाको सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको अपिल



Download our app to get more features

एजेन्सी, १७ चैत । अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरुलाई अपिल गरेकाछन् । कोेरोना महामारीबारे भएको पत्रकार सम्मेलनमा उनले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकाले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गरेकाहुन । 

मानिसहरुको लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै उनले सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नसमेत आग्रह गरेकाछन । आफूले कार्यभार सम्हालेपछि सङ्क्रमणदर दुईतिहाइ घटाउन सफल भएको भन्दै उनले अहिले पनि लापरबाही गर्न नहुने बताए ।  

सरकारले कोरोनाविरुद्धको खोप सबैभन्दा धेरै व्यक्तिलाई लगाउने प्रयास गरिरहेको भन्दै आमनागरिकले पनि मास्क लगाउनेजस्ता स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताए । अमेरिकामा अहिलेसम्म ३ करोड १० लाख २८ हजारलाई कोरोना सङ्क्रमण भइसकेको छ भने ५ लाख ६३ हजार १ सय ६८ मृत्यु भइसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts