सार्वजनिकस्थलमा धूमपान गर्ने तथा थुक्ने व्यक्तिलाई एक हजार जरिवाना
एजेन्सी, ११ चैत । भारतको झारखण्ड राज्यमा सार्वजनिकस्थलमा धूमपान गर्ने तथा थुक्ने व्यक्तिले अव एक हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ । यसअघि यस्तो कार्य गर्ने व्यक्तिलाई २ सय रुपैयाँ तिराइन्थ्यो । अहिलेको यो नयाँ व्यवस्थाले सजाय पाउनेले पहिले भन्दा पाँच गुना बढी पाउने देखिएको छ ।
झारखण्ड सरकारले चालु बजेट सत्रमा यस सम्वन्धी एक बिल पास गरेको छ । जसमा सार्वजनिक स्थलमा धूमपान गर्ने तथा सार्वजनिक स्थलमा थुक्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ ।
उक्त विलमा यसरी जरिवाना असुल्ने अधिकार यो नियम कार्यान्वयन गराउने निकायहरुलाई दिइएको छ । झारखण्डको स्वास्थ्य मन्त्रालयको तर्फबाट बर्तमान कानूनमा संसोधन गर्न यो विधेयक संसदमा पेश गरिएको छ । यो विधेयेक सूर्तिजन्य पदार्थ उत्पादन तथा निषेध ऐन २००३ मा संसोधनको ल्याइएको हो ।
राज्यका स्वास्थ्यमन्त्री बन्ना गुप्ताले विधेयकको प्रावधान सम्वन्ध व्यवस्था बारेमा जानकारी दिएका छन् । उनले कानून अनुसार २१ बर्ष मुनीकाले सूर्तिजन्य पदार्थ बिक्री गर्न समेत दण्डनीय अपराध हुन्छ । यसबाहेक विद्यालय, अस्पताल जस्ता क्षेत्रका एक सय मिटरको वरपर पनि सूर्तिजन्य पदार्थको विक्री वितरण तथा प्रयोगलाई निषेध गरिएको छ ।
विधायक लम्बोदर महतोले सार्वजनिक स्थलमा धूमपान गर्ने वा थुक्नेवालाहरुलाई जरिमाना बढाई १० हजार रुपैयाँ पुरयाउनुपर्ने प्रस्ताव गरेका थिए । तर स्वास्थ्य मन्त्री गुप्ताले यसमा सहमति भएनन् ।