विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १० करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, १० चैत । विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १० करोड नाघेको छ । 

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ६२ हजार ९ सय १८ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १० करोड २ लाख ५७ हजार २ सय ६१ पुगेको छ । यो दर विश्वभरका कुल सङ्क्रमितको ९७ प्रतिशत हो । 

यस्तै गत २४ घन्टामा अमेरिकामा सबैभन्दा बढी ८९ हजार ७ सय २८ जना स्वस्थ भएका छन् भने ब्राजिलमा ५८ हजार ६२ जना स्वस्थ भएका छन् । 

यस्तै स्पेनमा ४२ हजार २८, इटलीमा ३२ हजार ७ सय २०, भारतमा २९ हजार ७ सय ३५, बेलायतमा २० हजार ९ सय ४४  जना गत २४ घन्टामा कोरोना सङ्क्रमणमुक्त भएका छन् । 

यस्तै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १२ करोड ४२ लाख ९० हजार ९० रहेको छ भने २७ लाख ३५ हजार २ जनाको मृत्यु भइसकेको छ । 

Last modified on 2021-03-23 20:16:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts