एस्ट्राजेनेकाको खोप ७९ प्रतिशत प्रभावकारी भएको दावी 



Download our app to get more features

एजेन्सी, १० चैत ।  एस्ट्राजेनेकाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ७९ प्रतिशत प्रभावकारी रहेको दावी गरेको छ। कम्पनीले अमेरिका, चिली र पेरुमा गरेको क्लिनिकल ट्रायलमा खोपको प्रभावकारीता ७९ प्रतिशत देखिएको जनाएको हो। 

रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले एस्ट्राजेनिकाको खोप लगाउने अभियान स्थगित गरेको थियो। तर, विश्व स्वास्थ्य संगठन र स्वास्थ्यसम्बन्धी नियामक निकायहरूले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन्, तर सावधानीका लागि खोप अभियानमा ढिलाई गरिएको युरोपेली मुलुकहरुको भनाइ छ। 

 खोप उत्पादनकर्ताहरुले कोरोना संक्रमण भएर अस्पताल भर्ना गरिएकामाथि गरिएको परिक्षणमा १०० प्रतिशत प्रभावकारी देखिएको बताएको छ। 

अध्ययनले यो खोप सबै उमेरहरूमा प्रभावकारी रहेको पाइएको छ। विभिन्न उमेर समूहका ३२ हजारभन्दा बढी स्वयंसेवकहरूमा गरिएको अन्तिम चरणको परीक्षणमा औषतमा ७९ प्रतिशत प्रभावकारी देखिएको छ,  उत्पादनकर्ताले भनेका छन्। 

यद्यपि यो खोप अमेरिका लगायत ५० देशमा वितरण गरिसकिएको छ। यस अध्यानले खोपमाथि रहेको आशंकालाई समाप्त पारेको जनाइएको छ। 

Last modified on 2021-03-23 15:20:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts