नोभा इन्टरनेशनल डाइग्नोस्टिकले मनायो डाउन सिन्ड्रोम दिवस
जानौं डाउन सिन्ड्रोमबारे
काठमाडौं, ९ चैत । नोभा इन्टरनेशनल डाइग्नोस्टिकले डाउन सिन्ड्रोम दिवस मनाएको छ ।
दिवसको अवसरमा डाइग्नोस्टिकले एक कार्यक्रमको आयोजना गरी डाउन सिन्ड्रोमबारे प्रकाश पारेको थियो ।
कार्यक्रममा चिकित्सकहरुले डाउन सिन्ड्रोम र त्यसले स्वास्थ्यमा पार्ने प्रभावबारे जानकारी गराएका थिए ।
नोभाका डा. निलम ठाकुरले डाउन सिन्ड्रोमको वर्तमान अवस्था, चुनौती र आगामी दिनमा यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा बताएकी थिइन् ।
उनले डाउन सिन्ड्रोम कुनै नभएको भन्दै यो शारीरिक अवस्था रहेको पनि बताइन् ।
डाउन सिन्ड्रोमबारे जानौंः
डाउन सिन्ड्रोम हुँदा बालबालिकाको कद कम हुनेदेखि गम्भीर मानसिक सुस्तता सम्म देखिन्छ । यस्ता बालबालिकाको लालनपालन निकै कठीन हुने गर्छ । डाउन सिन्ड्रोम भएका बच्चामा मुटु सम्बन्धी रोग, रक्तक्यान्सर जस्ता गम्भीर रोग देखिन सक्छ । डाउन सिन्ड्रोम बच्चा जन्मिनुअघि नै हुने भएकाले यसको कुनै उपचार छैन । तसर्थ, बच्चा जन्मिनु अघि नै यसबारे जानकारी लिन स्क्रिनिङ गर्ने गरिन्छ । मानव शरीरमा सामान्यत ४६ वटा क्रोमोजोम हुन्छन् । डाउन सिन्ड्रोम अवस्थामा भने ४७ ओटा क्रोमोजोम हुन्छन् । जसले मानिसलाई शारीरिक रुपमा अशक्त बनाउँछ ।
डाउन सिन्ड्रोम तीन प्रकारका हुन्छन् :
—ट्राईसोमी (२१)
—ट्रान्स लोकेसन
—मोजियाक
यसकारण हुन्छ डाउन सिन्ड्रोम :
वंशाणुगत गुण ः यो अभिभावकको (आमाबाबु) कारणले हुनसक्छ । ३५ वर्षपछि गर्भवती भई जन्मेका बालबालिकामा डाउन सिन्ड्रोमको सम्भावना बढी हुन्छ । यसरी जन्मेका कुल बालबालिका मध्ये ८० प्रतिशतमा यो सम्भावना हुन्छ ।
एमिनोयोसेन्टेसिस् र कोरियोनीकभिल्स स्याम्पल परीक्षणका साथै परक्युटानियस ब्लड स्यामप्लिङ्ग गरेर डाउन सिन्ड्रोम गर्भास्थामा नै थाहा पाउन सकिन्छ ।जन्मपछि यदि चिकित्सकले बच्चाको विकास र शारीरिक लक्षण डाउन सिन्ड्रोम जस्तो लागेमा रगत परीक्षण गर्नु पर्छ । जसलाई क्यारियोटाईपिङ परीक्षण भनिन्छ ।