भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ३४ हजार नाघ्यो, थप २१२ जनाको मृत्यु
एजेन्सी, ९ चैत । भारतमा पछिल्लो २४ घण्टामा थप ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४६ हजार ९५१ जनामा कोभिड १९ संक्रमण देखिएको हो। यससँगै भारतभर कूल संक्रमितको संख्या १ करोड १६ लाख ४६ हजार ८१ पुगेको छ।
पछिल्लो केही समययता संक्रमितसँगै मृतकको संख्या पनि बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै २१२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाका कारण १ लाख ५९ हजार ९६७ जनाको मृत्यु भइसकेको छ।
हाल भारतमा ३ लाख ३४ हजार ६४६ सक्रिय कोरोना संक्रमित रहेका छन्। संक्रमण बढेसँगै महाराष्ट्र, मध्यप्रदेशले केही स्थानमा लकडाउन लगाइसकेको छ। केही स्थानमा निषेधाज्ञा लागू गरिएको छ। संक्रमण बढ्न सक्ने भन्दै सर्वसाधरणहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्न केन्द्र र राज्य सरकारले आग्रह गरेको छ ।