एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप सुरक्षितः डब्लुएचओ



Download our app to get more features

एजेन्सी, ८ चैत । विश्व स्वास्थ्य संगठनले एस्ट्राजेनेका र अक्सफर्ड युनिभर्सिटीले विकास गरेको कोरोना विरुद्धको खोप सुरक्षित रहेको दावी गरेको छ ।

संगठनका विज्ञहरु सम्मिलित समूहले गरेको अनुसन्धानमा एस्ट्राजेनेकाको कोरोना विरुद्धको खोपमा स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको र खोप सुरक्षित रहेको बताइएको छ । 

खोप सुरक्षित र प्रभावकारी भएकाले संगठनले कोरोना विरुद्धको खोप लगाउन पनि विश्वका देशहरुलाई आग्रह गरेको छ ।

संगठनले कोभिड–१९ विरुद्धको एस्ट्राजेनेकाको खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि समस्या नदेखिएको बताएको छ ।

युरोपसहितका विभिन्न मुलुकले एस्ट्राजेनेकाको खोपमा प्रतिबन्ध लगाएपछि विश्व स्वास्थ्य संगठनले यस विषयमा थप अध्ययन र अनुसन्धान गर्ने भनेको थियो । सोही अनुसार संगठनले अनुसन्धान सार्वजनिक गर्दै खोप सुरक्षित रहेको बताएको छ ।

यसअघि युरोपियन युनियनको औषधि नियामक एजेन्सीले पनि एस्ट्राजेनेकाको खोप सुरक्षित रहेको र स्वास्थ्यमा कुनै समस्या नदेखिएको भन्दै खोप लगाउन आग्रह गरेको थियो ।

पछिल्लो समय युरोपसहित विभिन्न मुलुकले एस्ट्राजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भन्दै खोप अभियान स्थगित गरिएको थियो ।

युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको बिहीवार सार्वजनिक गरेपछि स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः सुरु गर्ने बताएका छन् ।

संगठनले हाल विश्वका कतिपय देशहरुमा कोभ्याक्समार्फत् कोरोना विरुद्धको खोप वितरण गरिएकोमा ९० प्रतिशतभन्दा बढी एस्ट्राजेनेकाकै खोप रहेको पनि बताएको छ ।

Last modified on 2021-03-23 15:16:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts