पाकिस्तानका प्रधानमन्त्री खानलाई खोप लगाएको दुई दिनपछि कोरोना सङ्क्रमण



Download our app to get more features

एजेन्सी, ७ चैत । खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि खान आइसोलेशनमा बसेको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले ट्वीटरमाफर्त जानकारी दिएका छन् ।  प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिए । 

उनले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनएकाथिए ।  पाकिस्तानी प्रधानमन्त्री खान पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउएका थिए ।  पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्रमितको संख्या बढ्दै गएपछि केहि सहरमा आंशिक लकडाउन लगाइएको छ ।

सङ्क्रमितको बढ्दो संख्याले चिन्तित बनाएको र जोखिमपूर्ण तेस्रो लहरको खतरा रहेको प्रधानमन्त्री खानको भनाइ छ । पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको मृत्यु भएको छ ।  
 

Last modified on 2021-03-23 15:15:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts