फिनल्याण्ड विश्वकै सबैभन्दा बढी खुशी हुने मुलुकः अध्ययन
बीबीसी, ७ चैत । फिनल्याण्ड विश्वको सबैभन्दा बढी खुशी भएको मुलुक बनेको छ ।
संयुक्त राष्ट्र प्रायोजित वर्ल्ड हैप्पीनेस रिपोर्टमा यूरोपिय मुलुकसहित विश्वकै लगातार चौथों पटक सबैभन्दा धेरै खुशी भएको देश रहेको उल्लेख गरिएको छ ।
रिपोर्टमा डेनमार्क दोस्रो, स्विजरल्याण्ड तेस्रो, आइसल्याण्ड चौथो र नेदरल्याण्ड पाँचौं सबैभन्दा धेरै खुशी हुने मुलुक रहेको पनि उल्लेख ।
शीर्ष १० देशहरुमध्ये न्यूजील्याण्ड एकमात्र गैर–यूरोपीय मुलुक हो । जसलाई यस रिपोर्टमा पनि समावेश गरिएको छ । बेलायत भने १३ औं स्थानबाट तल खस्केर १८ औं स्थानमा पुगेको छ ।
रिपोर्टमा विश्वका १ सय ४९ मुलुकका मानिसहरुमाथि अध्ययन गरिएको थियो । जसमा उनीहरुका खुशीको रेटिंग बताउनका लागि भनिएको थियो ।
रेटिंगका लागि सामाजिक जीवन, निजी स्वतन्त्रता, कुल ग्राहस्थ उत्पाद (जीडीपी) र भ्रष्टाचारको स्तर जस्ता मुख्य कारकहरुलाई सहभागि गराइएको थियो ।
यस सूचीमा अफगÞानिस्तान विश्वको सबैभन्दा क खुशी रहेको देश परेको छ । त्यसपछि लेसोथो, बोत्सवाना, रुवान्डा र जÞिम्बाब्वेको स्थान रहेको छ ।
रिपोर्टमा सर्वेमा सहभागि एक तिहाईभन्दा अधिक मुलुमा कोरोना महामारीका कारण नकारात्मक भावना बढ्दै गएको पनि उल्लेख गरिएको छ ।