विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २७ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ७ चैत । विश्वभर कोरोना महामारीका कारण मृत्यु हुनेको सङ्ख्या २७ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप १० हजार २ सय १२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २७ लाख १२ हजार ६ सय ४२ पुगेको छ ।

गत २४ घन्टामा मृत्यु हुनेमा ब्राजिलमा सबैभन्दा धेरै २ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा १ हजार ४ सय १, मेक्सिकोमा ७ सय ८९, रुसमा ४ सय ६०, इटलीमा ४ सय २३, पोल्याण्डमा ३ सय ५६, फ्रान्समा २ सय ६८, भारतमा १ सय ५५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ५ लाख ५३ हजार ४ सय ६५ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १२ करोड २८ लाख ७१ हजार १ सय ९८ पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ९ करोड ९० लाख २७ हजार ८ सय ७ जना स्वस्थ भएका छन् । यो दर कुल सङ्क्रमितको ९७ प्रतिशत हो ।

हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ११ लाख ३० हजार ७ सय ४९ रहेको छ । जसमा ८९ हजार ३ सय ३२ जना गम्भीर बिरामी रहेका छन् । 

Last modified on 2021-03-21 06:28:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts