फ्रान्समा कोरोनाको तेस्रो लहरः राजधानी पेरिससहित १५ स्थानमा एक महिनाका लागि लकडाउन



Download our app to get more features

बीबीसी, ६ चैत । फ्रान्सको राजधानी पेरिसमा एक महिनाका लागि लकडाउनको घोषणा गरिएको छ ।

कोरोना भाइसको तेस्रो चरणको लहर सुरु भएपछि राजधानी पेरिसमा एक महिनाका लागि लकडाउनको घोषणा गरिएको छ । 

पेरिसको साथे देशका अन्य १५ स्थानमा पनि आजरातीदेखि लकडाउन जारी हुँदैछ । 

फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सलृ लकडाउन पहिले झै कडा र प्रतिबन्धीत हुने बताए । 

फ्रान्समा पछिल्लो २४ घन्टामा ३४ हजार ९ सय ९८ नयाँ संक्रमित थपिएका छन् भने २ सय ६८ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री जीनले मुलुकमा कोरोना भाइरसको संक्रमणदर फेरी बढ्न थालेको र त्यसले थप चुनौती थपिने हुँदा सावधानी अपनाउन पर्ने भन्दै सबैले सचेत गराए । 

फ्रान्सका स्वास्थ्य मन्त्री ओलिविर वेरनले पेरिसमा कोरोनाको दर बढ्न थालेको र स्थिति बिग्रिदै गएकाले लकडाउनको घोषणा गरिएको बताए ।

उनका अनुसार पेरिसमा मात्रै हाल १२ सय जना आईसीयूमा उपचाररत रहेको र हाल त्यो संख्या अझै बढ्दै गएकाले सचेत रहन बताए । 

उनले लकडाउनकोबीच गैर आवश्यक काम, कार्यालय सबै बन्द गरिने र अत्यावश्यक सेवाका बाहेक घरभन्दा बाहिर ननिस्कन पनि आग्रह गरे । 

पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै जाँदा कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको थियो । तर, एस्ट्रेजेनेकाको खोपले रगत जम्ने समस्या देखिएपछि खोप अभियान स्थगित थरिएको छ ।

फ्रान्समा हालसम्म कोरोनाका कारण ४१ लाख ८१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ९ लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Last modified on 2021-03-19 13:04:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts