जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई डब्लूएचओको अनुमति



Download our app to get more features

बीबीसी, ५ चैत । विश्व स्वास्थ्य सङ्गठनले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको प्रयोगका लागि अनुमति दिएको छ ।

संगठनले विभिन्न प्रकारका कोरोनाभाइरसबाट ग्रस्त समेत गरी सबै देशमा जोन्सन एण्ड जोन्सोनले उत्पादन गरेको खोपको प्रयोगका लागि अनुमति दिएको हो ।

कोरोनाविरुद्ध खोपको एक मात्रा मात्रै लगाए पुग्ने जोन्सोन एण्ड जोन्सोनले दावी गरेको छ । 

यो खोप कम विकसित देशहरूमा वितरणका निम्ति थप सहज हुने बताइएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सबै देशका सबै मानिसको पहुँचमा नपुगेसम्म नयाँ खोपले दिलाएको आशाले मूर्त रूप लिन नसक्ने बताएका छन् ।

मङ्गलवार उक्त खोपलाई युरोपेली औषधि नियामक निकायले पनि स्वीकृति दिएको थियो ।

Last modified on 2021-03-19 09:36:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts