चीनले कोरोनाविरुद्धको चौथाें खोपको आपतकालीन प्रयोगका लागि दियो अनुमति
एजेन्सी, ५ चैत । चीनले कोरोनाभाइरस विरुद्धको चौथाें खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
चीनको रोग नियन्त्रण केन्द्रले आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो ।
केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले खोपलाई अन्तिम रूप दिएको हो ।
अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठानले हालसम्म चीनमा ४ वटा कोरोना विरुद्धको खोप विकास गरिसकेको छ र चार वटै खोप प्रयोगमा आएको छ ।
खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत वर्षको अक्टोबरमा उज्ज्वेकिस्तान, पाकिस्तान र इन्डोनेसियामा गरिएको रोग नियन्त्रण केन्द्रले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
खोपको प्रभावकारिता लगायतका विषयमा थप जानकारी भने हालसम्म सार्वजनिक गरिएको छैन ।
Last modified on 2021-03-18 09:05:01