कोरोना विरुद्धको खोप लगाउन अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको आग्रह



Download our app to get more features

बीबीसी, ४ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई कोभिड खोप लिन आग्रह गरेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले खोप सुरक्षित र काम गर्ने रहेको बताएका छन् ।

ट्रम्पको समर्थक समूह कोभिड खोप नलगाउने ठूलो समूहमा पर्छ ।

आफ्नो राष्ट्रपतीय कार्यकालमा कोभिड महामारीलाई बेवास्ता गरेको भन्दै ट्रम्पको आलोचना हुने गरेको छ ।

अमेरिकामा खोप कार्यक्रम सुरु भएपछि अरू सबै पूर्वराष्ट्रपतिले खोप लिन आग्रह गर्दै बोलेका थिए तर ट्रम्प यसअघि चुप थिए ।

जनवरीमै ट्रम्प र उनकी श्रीमती मेलाइनालाई ह्वाइट हाउसभित्रै खोप दिइएको थियो ।

“यो सिफारिस गर्छु,” फक्स न्यूजलाई मङ्गलवार दिएको अन्तर्वार्तामा ट्रम्पले भने ।

“यो राम्रो खोप छ, यो सुरक्षित खोप छ र यो काम गर्ने खालको छ ।”


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts