रगत जम्ने समस्या देखिएको भन्दै एस्ट्रेजेनेकाको खोपमा फ्रान्ससहित थप २ मुलुकले लगायो प्रतिबन्ध



Download our app to get more features

बीबीसी, ३ चैत । बेलायतको अक्सफर्ड विश्वविद्यालय र औषधि उद्योग एस्ट्रेजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोपमा एकपछि अर्को गर्दै मुलुकहरुले प्रतिबन्ध लगाउन थालेका छन् ।

खोप लगाएका मानिसहरुमा ब्लड क्लटिङ्ग अर्थात् रगतको ढिक्का जम्ने समस्या देखिन थालेपछि अब युरोपकै ठूला मुलुक फ्रान्स, जर्मनी र इटलीले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना विरुद्धको खोपमा प्रतिबन्ध लगाएको छ ।

तर, विश्व स्वास्थ्य संगठनले भने हालसम्म यस विषयमा कुनैपनि ठोस प्रमाण पुष्टि नभएको बताउँदै आएको छ । संगठनले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाएकै कारण मानिसमा रगतको ढिक्का जमेको कुनै प्रमाण फेला नपरेको यसअघि पनि बताइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले मासिनमा रगतको ढिक्का जम्ने समस्याको बारेमा रिपोर्ट प्राप्त भएपनि खोप अभियानलाई जारी राख्नुपर्ने बताएको छ । 

विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुले यस विषयमा आज एक विशेष बैठक गर्न लागेको छ । संगठनका अनुसार खोपको सम्भावित नकारात्मक प्रभावको बारेमा अनुसन्धानको आवश्यक भएकाले थप छलफल र अनुसन्धान गरिनेछ ।
 
युरोपमा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाएपछि रगतको ढिक्का जम्ने सम्बन्धीत समस्याको बारेमा धेरै केसहरु फेला परेका छन् । यस विषयमा एस्ट्राजेनेकाले भने आफ्नो खोपले रगतको ढिक्का जम्ने समस्या बढेको कुनै प्रमाण नभेटेको बताएको छ ।

Last modified on 2021-03-17 08:14:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts