विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ करोड नाघ्यो
एजेन्सी, २ चैत्र । विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ करोड नाघेको छ ।
वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा ३ लाख ६३ हजार ९ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या १२ करोड नाघेको हो ।
नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ करोड ४ लाख १४ हजार ६७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा कोरोना भाइरसका कारण विश्वभर ५ हजार ५ सय ८६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६ लाख ६५ हजार २ सय २६ पुगेको छ । यो दर कुल संक्रमितको ३ प्रतिशत हो ।
हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ९ करोड ६९ लाख ६४ हजार ८ सय ५९ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो ।
हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ७ लाख ८३ हजार ९ सय ८२ रहेको छ ।