जुलाई ४ मा अमेरिकालाई कोरोनाबाट स्वतन्त्र भएको घोषणा गर्छौः अमेरिकी राष्ट्रपति बाइडेन



Download our app to get more features

एजेन्सी, २९ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई ४ मा अमेरिकालाई कोरोनाबाट स्वतन्त्र भएको घोषणा गर्ने बताएका छन् ।

उनले सबै अमेरिकीले समयमै खोप लगाएमा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता सभाको आयोजना गरेर अमेरिकालाई कोरोनाबाट स्वतन्त्र भएको घोषणा गरिने बताए ।

उनले आगामी मे १ भित्र सबै वयस्क अमेरिकीहरूलाई खोप दिलाउन पुग्ने व्यवस्था मिलाइएको भन्दै अहिले उमेर र स्वास्थ्य स्थितिका आधारमा प्राथमिकता तोकेर खोप लगाइएको बताए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक टेलिभिजन सम्बोधनमार्फत् उनले त्यसका लागि आवश्यक कार्य गर्न राज्यहरुलाई निर्देशन दिए । खोप लगाउनका लागि सरकारले प्राथमिकता निर्धारण गरेकाले प्राथमिकताका आधारमा आफ्नो पालो आउँदा खोप लगाउन पनि सबैलाई आग्रह गरे ।

कोरोनाभाइरसको महामारीका कारण एक वर्षमा ठूलो क्षति भएको चर्चा गर्दै उनले अब भने राम्रा दिनहरू आएको र जुलाई ४ मा मनाइने अमेरिकी स्वतन्त्र दिवसको अवसरमा साना साना कार्यक्रम गर्न सकिने अपेक्षा गरिएको उल्लेख गरे ।

राष्ट्रपति बाइडेनले यसअघि १९ खर्ब डलरको कोभिड राहत प्याकेजमार्फत अमेरिकाको मेरुदण्ड पुनर्निर्माण हुनेतर्फ पहिलो पाइला चालिएको घोषणा गरेका थिए ।

Last modified on 2021-03-13 11:34:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts