पशुपतिनाथमा मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर  



Download our app to get more features

काठमाडौं, २९ फागुन । नेपाल मेडिसिटी अस्पतालले पशुपतिनाथमा निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

महाशिवरात्री पर्वको अवसरमा अस्पतालले आयोजना गरेको शिविरमा बुधबार र बिहिबार गरी करिब ५ सय भक्तजन तथा सर्वसाधारण लाभान्वित भएका छन् ।
  
प्रत्येक वर्ष झै यस वर्षपनि अस्पतालका एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपरान्हदेखि बिहिबार रातीसम्म सेवा सञ्चालन गरेको हो । 

शिविरमा ब्लड प्रेसर तथा मधुमेह परीक्षण गर्नेहरुको संख्या पनि उल्लेखनीय थियो ।

अस्पतालले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्दै आइरहेको छ भने कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसँगै शिविर तथा जनचेतनामूलक कार्यक्रममा थप सक्रियता बढाउँदै जाने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts