गत २४ घन्टामा विश्वभर ९ हजार ६ सयभन्दा बढीको कोरोनाका कारण मृत्यु, निको हुनेदर ९७ प्रतिशत
एजेन्सी, २७ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण गत २४ घन्टामा थप ९ हजार ६ सय ९ जनाको मृत्यु भएको छ ।
वर्ल्ड मिटरको तथ्यांक अनुसार थप ९ हजार ६ सय ९ जनाको कोरोनाका कारण मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ लाख ३१ हजार २ सय ९५ पुगेको छ । यो दर कुल संक्रमितको ३ प्रतिशत हो ।
गत २४ घन्टामा कोरोना संक्रमणका कारण ब्राजिलमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । ब्राजिलमा गत २४ घन्टामा हालसम्मकै धेरै २ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ भने ८० हजार नौ सय ५५ जना संक्रमित थपिएका छन् ।
यसैगरी संयुक्त राज्य अमेरिकामा १ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ भने ५७ हजार १ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै गत २४ घन्टामा रुसमा ४ सय ६६, भारतमा १ सय ३४, बेलायतमा १ सय ९०, फ्रान्समा २ सय ६४, स्पेनमा २ सय ३४, इटालीमा ३ सय ३२, जर्मनीमा २ सय ९५ जनाको मृत्यु भएको छ ।
यसैगरी मेक्सिकोमा ८ सय ६६ जना, पोल्यान्डमा ३ सय ९८ जना, दक्षिण अफ्रिकामा १ सय ९, युक्रेनमा २ सय १९ जना, इन्डोनेसियामा १ सय ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै विश्वभर कोरोना भाइरसका कारण हालसम्म ११ करोड ८६ लाख २२ हजारभन्दा बढी संक्रमित भएका छन् भने ९ करोड ४२ लाख ३३ हजारभन्दा बढी स्वस्थ भएका छन् ।