बेलायतका राजकुमार फिलिपको स्वास्थ्य अवस्था थप जटिल
एजेन्सी, १८ फागुन । बेलायतका राजकुमार फिलिपको स्वास्थ्य अवस्था थप जटिल बनेपछि अर्को अस्पताल सारिएको छ ।
बेलायती महारानी एलिजावेथ द्धितीयका ९९ वर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्बन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ ।
उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अर्को अस्पताल स्थानान्तरण गरिएको दरबारका अधिकारीहरुले जनाएका छन् ।
लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो ।
राजकुमार फिलिपले आउँदो जुन १० मा एक सयौं जन्मोत्सव मनाउने तयारी गरेका छन् । राजकुमार फिलिप र महारानी एलिजावेथ द्वितियले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।