ओम समाज डेन्टल हस्पिटलको सेवा विस्तार



Download our app to get more features

काठमाडौं, १७ फागुन । ओम समाज डेन्टल हस्पिटलले आफ्नो सेवा विस्तार गरेको छ ।

चाबहिल स्थित हेल्पिंग ह्यान्ड सामुदायिक अस्पतालमा ओम समाजले आफ्नो दन्त्य सेवा विस्तार गरेको हो ।

सेवाको उद्घाटन हेल्पिंग ह्यान्ड सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा .सुबाश घिमिरेले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै डा. घिमिरेले ओम समाज डेन्टल हस्पिटल ‘जसको दाँत सबल उसको जिबन सफल’ भन्ने रािष्ट्रय नाराका साथ अघि बढिरहेको बताउँदै कोहि पनि कुनै कारणले पनि उपचारबाट बन्चित हुन् नपरोस, सबैको लागि उपचार सहज र सुलभ होस् भन्ने उदेस्यले यस सामुदायिक अस्पतालमा आफ्नो सेवा विस्तार गरेको बताए ।

यस्तै हेल्पींग ह्याण्ड अस्पतालका अधक्ष्य डा. श्रेष्ठले अस्पतालमा अब जुनसुकै (विभाग) रोगका बिरामीको उपचार सम्भव भएकोमा खुशी व्यक्त गरे ।

हाल उक्त विस्तारित शाखामा उपचारका लागि डा. शोभा योंगहांग, डा. रिमिशा भट्टराई रहेका छन् । 

चैत्र ७ गतेसम्म विश्व मुख स्वास्थ दिवसको उपलक्ष्यमा निःशुल्क चेक जाँच तथा छुटको व्यवस्था गरिएको अस्पताल प्रसाशनले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts