विश्वभर कोरोना संक्रमणपछि निको हुने संख्या ९ करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, १७ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या ९ करोड नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार विश्वभर हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ९ करोड २ लाख २८ हजार ७ सय ५० जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो । 

कोरोना संक्रमणपछि निको हुनेमा सबैभन्दा राम्रो अवस्थामा भारत रहेको छ । कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुकमा हालसम्म संक्रमित भएकामध्ये १ करोड ७ लाख ८४ हजार ५ सय ६८ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९९ प्रतिशत हो । भारतमा हालसम्म १ करोड ११ लाख १२ हजार ५६ जना संक्रमित भइसकेका छन् भने १ लाख ५७ हजार १ सय ५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण भएको मृत्यु  दर कुल संक्रमितको १ प्रतिशत हो ।

यस्तै विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा १ करोड ९६ लाख ९४ हजार ३ सय ६ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो । अमेरिकामा हालसम्म कोरोनाका कारण २ करोड ९२ लाख ५५ हजार ३ सय ४४ जना संक्रमित भइसकेका छन् भने ५ लाख २५ हजार ७ सय ७६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा मृत्यु दर कुल संक्रमितको ३ प्रतिशत हो ।

कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा पनि निको हुने दर ९७ प्रतिशत नै रहेको छ । ब्राजिलमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ९४ लाख ११ हजार ३३ जना स्वस्थ भएका छन् । यस्तै हालसम्म ब्राजिलमा कोरोनाका कारण २ लाख ५५ हजार १८ जनाको मृत्यु भइसकेको छ । यो दर कुल संक्रमितको ३ प्रतिशत हो । ब्राजिलमा हालसम्म १ करोड ५ लाख ५१ हजार २ सय ५९ जना संक्रमित भइसकेका छन् ।

ब्राजिलमा भारतको भन्दा कम संक्रमित भएपनि मृत्युदर भने भारतको भन्दा बढी रहेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख ३ हजार ५ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै विश्वभर संक्रमित हुनेको संख्या ११ करोड ४६ लाख ७४ हजार ३ सय ४३ पुगेको छ ।

यसैगरी गत २४ घन्टामा विश्वभर थप ५ हजार ९ सय ६७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख ४२ हजार ५ सय ५६ पुगेको छ । यो दर कुल संक्रमितको ३ प्रतिशत हो ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड १९ लाख ३ हजार ३७ रहेको छ ।

Last modified on 2021-03-01 17:44:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts