भारतमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु हुँदै

सबै मन्त्रीलाई शुल्क तिरेर खोप लगाउन निर्देशन



Download our app to get more features

भारत, १७ फागुन । भारतमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।

भारत सरकारले आजदेखि ४५ वर्षभन्दा माथिका स्वस्थ मानिसहरुलाई खोप लगाउने तयारी गरेको छ । कुनैपनि स्वास्थ्य समस्या भएका मानिसहरुलाई भने खोप नलगाइने पनि भारत सरकारले बताएको छ ।
 
आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानका लागि भारत सरकारले देशभर १० हजार खोप केन्द्र निर्धारण गरेको छ । जहाँ निःशुल्क खोप लगाइने छ ।

यस्तै भारत सरकारले सबै केन्द्र सरकारका मन्त्रीलाई शुल्क तिरेर कोरोना विरुद्धको खोप लगाउन निर्देशन दिएको छ । साथै ६० वर्षभन्दा बढी उमेर समूहका मन्त्रीहरुलाई सरकारी खोप केन्द्रमा गएर खोप नलगाउन भनेको छ ।

यसैबीच सरकारले कोभिशिल्ड खोपको मूल्य निर्धारण समेत गरेको  छ । 

आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान अन्तर्गत निजी अस्पतालका लागि सरकारले खोपको मूल्य २ सय ५० रुपैयाँ निर्धारण गरेको हो ।

केन्द्र सरकारले सरकारी अस्पतालमा कोरोना विरुद्धको खोप निःशुल्क लगाउने र निजी अस्पतालमा खोप लगाउन जाँदा २ सय ५० रुपैयाँ तिनुपर्ने बताएको छ । 

भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाले विकास गरेको कोभिशिल्ड नामक खोपको मूल्य सरकारले निर्धारण गरेको हो । यो खोप ती निजी अस्पतालमा लगाइनेछ जहाँ खोप केन्द्र स्थापना गरिएको छ । यसअघि सबै निजी अस्पतलामा पनि कोरोना विरुद्धको खोप निःशुल्क लगाइएको थियो । 

भारतमा १६ जनवरीबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १ करोड ४२ लाखभन्दा बढीले खोप लाइसकेका छन् ।

भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ । महाराष्ट्र, दिल्ली लगायतका राज्यमा कोरोनाको दर फेरि बढेपछि कडाईं गरिएको छ ।

भारत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म १ करोड ११ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Last modified on 2021-03-01 16:25:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts