ब्राजिलको राजधानी ब्रासीलियामा लकडाउनको घोषणा, अत्यावश्यक सेवापनि बन्द



Download our app to get more features

एजेन्सी, १६ फागुन । दक्षिण अमेरिकी मुलुक ब्राजिलको राजधानी ब्रासीलियामा लकडाउनको घोषणा गरिएको छ ।

राज्यका गभर्नरले शहरमा २४ सै घन्टा लकडाउनको घोषणा गर्दै अनावश्यक घरभन्दा बारिह ननिस्कन भनेका छन् । लकडाउनको क्रममा सबै आवश्यकीय सेवा पनि बन्द रहने बताइएको छ ।

ब्राजिलको राजधानीमा पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र गतिले बढ्न थालेपछि लकडाउनको घोषणा गरिएको बीबीसीले लेखेको छ । ब्रासीलियामा रहेका सबै आईसीयू कोरोना संक्रमित बिरामीले भरिएको भन्दै सबैलाई सतर्क रहन पनि भनिएको छ ।
 
ब्राजिलमा कोरोनाका कारण अमेरिकापछि सबैभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । तर, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना महामारीलाई सामान्य रुपमा लिँदा समस्या झन् भयावह बन्दै गएको ब्राजिलकै नेताहरुको भनाइ छ । 

यस्तै ब्राजिलकै फेडरल जिल्लामा पनि कोरोनाको दर बढ्दै जाँदा लकडाउन घोषणा गरिएको छ । लकडाउन शनिवार मध्य रातिदेखि लागू भएको छ ।

पछिल्लो समय विश्वका विभिन्न मुलुकहरुमा फेरि कोरोना संक्रमणको दरले तिव्रता पाएको छ । समग्रमा दैनिक संक्रमित संख्या पहिलेको भन्दा कम भएपनि भारत, अमेरिका, ब्राजिल, स्पेन लगायतका मुलुकमा कोरोना संक्रमणको दर बढ्न थालेको छ ।

Last modified on 2021-03-01 06:40:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts