अमेरिकामा कोरोना राहत प्याकेजका लागि स्विकृति
एजेन्सी, १६ फागुन । अमेरिकामा कोरोना राहत प्याकेजका लागि स्विकृति दिइएको छ ।
बाइडन नेतृत्वको सरकारद्वारा प्रस्तावित १ दशमलव ९ लाख करोड डलरको कोरोना राहत प्याकेजलाई हाउस अफ रिप्रजेन्टेटिभमा अनुमति दिइएको छ ।
कोरोना राहत प्याकेजको माध्यमबाट प्राप्त राशीलाई खोप र मेडिकल सप्लाईका लागि प्रयोग गरिने छ । साथै सर्वसाधारण मानिस, लघु व्यवसाय, राज्य एवं स्थानीय सरकारलाई पनि आपतकालीन आर्थिक मदत उपलब्ध गराइनेछ ।
अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म ५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २ करोड ९२ लाखभन्दा बढी प्रभावित भइसकेका छन् ।
यस्तै अमेरिकामा कोरोना महामारीका कारण ५ लाखभन्दा बढी मानिसले रोजगारी पूर्ण रुपले गुमाइसकेका छन् ।
डेमोक्रेटिक पार्टीका नेताहरुले अमेरिकालाई महामारीबाट लड्का लागि राहत प्याकेजको आवश्यकता रहेको बताएका छन् ।
बाइडन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनले कोरोना महामारीसँग लड्नका लागि विभिन्न विषयमा निर्णय गर्दै आएका छन् ।