भारत सरकारले निर्धारण गर्यो कोभिशिल्डको मूल्य, प्रतिडोज २ सय ५० रुपैयाँ तिर्नुपर्ने
भारत, १६ फागुन । भारत सरकारले कोरोना विरुद्धको खोपको मूल्य निर्धारण गरेको छ ।
मार्च १ तारिखबाट सुरु हुने दोस्रो चरणको खोप अभियान अन्तर्गत निजी अस्पतालका लागिड सरकारले खोपको मूल्य २ सय ५० रुपैयाँ तोकेको छ ।
केन्द्र सरकारले सरकारी अस्पतालमा कोरोना विरुद्धको खोप निःशुल्क लगाउने र निजी अस्पतालमा खोप लगाउन जाँदा २ सय ५० रुपैयाँ तिनुपर्ने बताएको छ ।
भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाले विकास गरेको कोभिशिल्ड नामक खोपको मूल्य सरकारले निर्धारण गरेको हो । यो खोप ती निजी अस्पतालमा लगाइनेछ जहाँ खोप केन्द्र स्थापना गरिएको छ । यसअघि सबै निजी अस्पतलामा पनि कोरोना विरुद्धको खोप निःशुल्क लगाइएको थियो ।
भारतमा मार्च १ तारिखबाट ६० वर्षभन्दा माथिका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ ।
मार्च १ देखि ४५ वर्षभन्दा बढीका उमेर समूहका मानिसलाई कोरोना विरुद्धको खोप लगाइने छ । जसलाई कुनैपनि गम्भीर रोग छैन । साथै देशभरका १० हजार खोप केन्द्रबाट लगाइने खोप निःशुल्क दिइनेछ ।
यस्तै भारत सरकारले सबै केन्द्र सरकारका मन्त्रीलाई शुल्क तिरेर कोरोना विरुद्धको खोप लगाउन निर्देशन दिएको छ । साथै ६० वर्षभन्दा बढी उमेर समूहका मन्त्रीहरुलाई सरकारी खोप केन्द्रमा गएर खोप नलगाउन भनेको छ ।
भारतमा १६ जनवरीबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १ करोड ४२ लाखभन्दा बढीले खोप लाइसकेका छन् ।