भारतमा फेरी बढ्न थाल्यो कोरोना संक्रमणको दर, महाराष्ट्र सबैभन्दा जोखिममा



Download our app to get more features

बीबीसी, १५ फागुन । भारतमा केही महिनासम्म कोभिड-१९ का बिरामीको सङ्ख्यामा उल्लेख्य कमी आएपनि फेब्रुअरी महिनामा भने केही राज्यहरूमा सङ्क्रमण दर स्वाट्टै उकालो लागेको छ।

फेब्रुअरीको सुरुमा भारतको व्यापारिक राजधानी अमरावती जिल्लामा डाक्टरहरूले एक्कासी कोभिड-१९ का बिरामीको सङ्ख्यामा बृद्धि भएको पाए ।

अघिल्लो वर्ष गर्मी महिनामा सङ्क्रमणको पहिलो लहरपछि महाराष्ट्र राज्यको कपास फल्ने जिल्लामा जनजीवन सामान्य भइसकेको थियो । १,६०० आइसीयु शैय्या रहेको राज्य सञ्चालित अस्पताल र आधा दर्जन निजी अस्पतालहरू लगभग खाली भइसकेका थिए । "तर फेब्रुअरीमा सबै परिवर्तन भयो," स्थानीय पत्रकार अनिल जधवले भने । "र अहिले जिल्लामा आतंकको अवस्था छ ।"

फेब्रुअरीको सुरुयता अमरावतीमा १० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ र ६६ भन्दा बढीको मृत्यु भइसकेको छ । यो साता १ हजार भन्दा बढीले उपचार गरेका छन् । महाराष्ट्रका अमरावती र अन्य जिल्लाहरूमा फेरि लकडाउन लगाइएको छ ।

"बिरामीको सङ्ख्या बढ्नुको कारण के हो हामीलाई साँच्चै थाहा छैन । चिन्ताजनक कुरा भनेको पूरै परिवार सङ्क्रमित भइरहेका छन् । यो एकदमै नयाँ अवस्था हो," उक्त जिल्लाका डाक्टर श्यामसुन्दर निकमले भने ।

"यहाँ मानिसहरू मास्क लगाइरहेका छैनन् । विवाह वा स्थानीय चुनावका लागि अभियान गर्ने जस्ता कार्यमा भीडभाड गरिरहेका छन् । परीक्षण र कन्ट्याक्ट ट्रेसिङ पनि कम भइरहेको छ र यसै कारण अहिले सङ्क्रमणको अवस्था यो चरणमा पुगेको हो," महाराष्ट्र राज्यका कोभिड कार्यदलका सदस्य डाक्टर सञ्जय ओकले भने ।

सङ्क्रमितको सङ्ख्या महाराष्ट्र राज्यमा मात्रै नभइ केरला, कर्नाटका, तेलङ्गना, मध्यप्रदेश, छत्तिसगढ र पञ्जाव राज्यहरूमा पनि बढेको खबरहरू आएका छन् ।

यसले वैज्ञानिक र सरूवा रोगसम्बन्धी विज्ञहरूलाई चिन्तित तुल्याएको छ । ती राज्यका चिकित्सकहरूले पनि महाराष्ट्रकै जस्तो कारणले सङ्क्रमितको सङ्ख्या बढेको बताएका छन् ।

विवाहका ठूला कार्यक्रम हुनु, सिनेमा घर, जिमखाना र स्वीमिङपुलहरू खुल्नु, राज्यहरूमा चुनावी कार्यक्रमहरू हुने कारणले पनि सङ्क्रमण फेरि बढेको विज्ञहरूले बताएका छन् ।

महाराष्ट्र कोरोनाको सबैभन्दा बढी जोखिममा रहेको छ । महाराष्ट्रका विद्यालय बन्द गरिएको छ भने राज्य सरकारले सबैलाई सतर्क रहन भन्दै सचेत गराएको छ ।

कोभिडको नयाँ लहरमा छ भारत ?
सरुवा रोग विशेषज्ञ डाक्टर ललित कान्तले सामान्यीकरणको "गलत अन्दाज" देशभर फैलिएको बताए ।

"हामी बढी सतर्क हुनुपर्छ र भिडभाड हुने ठाउँ खुल्नबारे सचेत हुनुपर्छ । परीक्षण, ट्रेसिङ र अलग्गै राख्ने काम सबै राज्यहरूमा बृहत् रूपमा बढाउनुपर्छ - हामीले अवस्था थप खराब हुन दिन सक्दैनौं ।"

डाक्टर कान्तले विश्वव्यापी ढाँचा हेरेर केही राज्यमा बिरामी बढ्नु अपेक्षित रहेको बताएका छन् ।

"केही देशहरूमा दुई दिनमहिना केही पनि नदेखिएपछि फेरि बिरामी बढेको देखेका छौं ।"

रोगको प्रकृतिबारे अनुसन्धान गरिरहेका विज्ञ गौतम मेननले बिरामीको सङ्ख्या बढ्नु अपेक्षाकृत रहेकोमा सहमति जनाएका छन् । तर त्यसो भए किन खासगरी महाराष्ट्र र अन्य केही राज्यहरूमा मात्रै पुन: सङ्क्रमितहरू बढिरहेका छन् ?

मेननका अनुसार एउटै कारण भनेको यी राज्यहरूमा निगरानी बलियो छ र अन्य राज्यहरूमा बिरामीको पहिचान नै नभएको हुनसक्छ ।

Last modified on 2021-02-28 09:28:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts