'कोभ्याक्स' बाट भ्याक्सिन पाउने पहिलो मुलुक बन्यो घाना



Download our app to get more features

एजेन्सी, १३ फागुन । घानामा कोभ्याक्स मार्फत पहिलोपटक कोरोना भाइरस भ्याक्सिन पठाइएको छ।

विश्व स्वास्थ्य संगठनको उक्त कोभ्याक्स कार्यक्रम विश्वभर समानरुपमा भ्याक्सिन पुर्‍याउने उद्देश्यका साथ सुरु भएको हो।

यो वर्षको अन्त्यसम्ममा कोभ्याक्सबाट विश्वभर दुई बिलियन भयाक्सिन उपलब्ध गर्ने लक्ष्य लिइएको छ।

कोभ्याक्सबाट घानामा ६ लाख भ्याक्सिन डोज पुगेको हो। जसमा एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको भ्याक्‍सिन रहेको छ।

विश्व स्वास्‍थ्‍य संगठन र संयुक्त राष्ट्रसंघले यो कार्यक्रमबाट महामारी अन्त्य हुने दिशा तर्फ उन्मुख हुने बताएका छन्। पहिलो चरणमा गरिब र निम्न आय भएका राष्ट्रहरुमा कोभ्याक्सबाट भ्याक्सिन पठाइनेछ।

घानामा हालसम्म ८० हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण देखिँदा ५८० जनाको मृत्यु भइसकेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts