भारतमा मार्च १ तारिखबाट ६० वर्षभन्दा माथिका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाइने



Download our app to get more features

भारत, १२ फागुन । भारत सरकारले मार्च १ तारिखबाट ६० वर्षभन्दा माथिका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

भारतका स्वास्थ्यमन्त्री प्रकाश जावडेकरले मार्च १ देखि ६० वर्ष उमेर समूहका वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बताए ।

जावडेकरका अनुसार मार्च १ देखि ४५ वर्षभन्दा बढीका उमेर समूहका मानिसलाई कोरोना विरुद्धको खोप लगाइने छ । जसलाई कुनैपनि गम्भीर रोग छैन । साथै देशभरका १० हजार खोप केन्द्रबाट लगाइने खोप निःशुल्क दिइनेछ ।

मन्त्री जावडेकरले निजी अस्पतालमा खोप लगाउनेलाई पनि शुल्क तिर्नुपर्ने र खोपको मूल्य केहि दिनमै तोकिने बताए । 

यस्तै भारत सरकारले सबै केन्द्र सरकारका मन्त्रीलाई शुल्क तिरेर कोरोना विरुद्धको खोप लगाउन निर्देशन दिएको छ । साथै ६० वर्षभन्दा बढी उमेर समूहका मन्त्रीहरुलाई सरकारी खोप केन्द्रमा गएर खोप नलगाउन भनेको छ ।

भारतमा १६ जनवरीबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १ करोड ७ लाखभन्दा बढीले खोप लाइसकेका छन् ।

Last modified on 2021-02-25 07:39:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts