स्पार्क हेल्थ होम अस्पतालले मनायो २९ औं वार्षिकोत्सव



Download our app to get more features

काठमाडौं, ११ फागुन । स्पार्क हेल्थ होम अस्पतालले २९ औं वार्षिकोत्सव मनाएको छ । विगत २९ वर्षदेखि सेवा दिदै आएको अस्पतालले यस वर्ष कोरोनाका कारण ठुलो कार्यक्रम गरेन । 

कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले अस्पातलले कोरोना महामारीमा सबै डराएर घर बसेको बेलामा पनि सेवा बन्द  नगरी सेवा लिन आएका बिरामीलाई सेवा दिन सकेको बताए ।

यसैगरी अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल पौडेलले पछिल्लो समय प्राकृतिक चिकित्साको महत्व अझै बढेको भन्दै सेवा लिन आउनेको पनि संख्यामा उल्लेख्य वृद्धि भएको जनाए ।
कार्यक्रममा अस्पतालका निर्देशक रुपेश अधिकारीले स्पार्क अस्पताललाई यहाँ सम्म ल्याउन र यसको शाखा र सेवा विस्तार गर्न बिरामीको विश्वास र कर्मचारीको मिहिनेत परेको बताएका थिए । उनले  प्राकृतिक चिकित्साको बारेमा जनमानसमा सही सूचना पुराएर जनचेतना फैलाउन  सञ्चारकर्मीहरुको पनि ठूलो योगदान रहेको बताए । 

अस्पतालको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य पत्रकार मञ्च नेपालका नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई शुभकामना र सफल कार्यकालका लागि बधाई  दिंदै सम्मान गरेको थियो ।
यस्तै, हरेक वर्ष प्रदान गर्दै आएको ‘इम्प्लोइ अफ द इअर’ को अवार्ड अस्पतालकी रिसेप्सनिस्ट झुमा बलामीलाई प्रदान गरिएको थियो । अस्पतालले ११ हजार राशीको उक्त पुरस्कार हरेक वर्ष एक जना उत्कृष्ट कर्मचारीलाई दिंदै आएको छ ।
 

Last modified on 2021-02-23 20:31:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts