रूसमा पहिलो पटक मानिसमा बर्ड फ्लूको सङ्क्रमण देखियो



Download our app to get more features

एजेन्सी, १० फागुन । रूसमा पहिलो पटक मानिसमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ ।

एच ५ एन ८ स्ट्रेन पंक्षिबाट मानिसमा सङ्क्रमणको पहिलो केस पत्ता लागेको हो ।

रूसी अधिकारीका अनुसार रूसको दक्षिणीभागमा रहेको एक पोल्ट्री फार्ममा काम गर्ने ७ जना कर्मचारीमा बर्ड फ्लूको एच ५ एन ८ भाइरसको सङ्क्रमण देखिएको छ । रूसमा गत वर्ष डिसेम्बरमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको थियो ।

उपभोक्ता स्वास्थ्यसँग सम्बन्धीत मामिला हेर्ने निकायका प्रमुख अन्ना पोपोवाले सङ्क्रमणलाई फैलिनबाट रोक्नका लागि तत्काल थप रणनीति अघि बढाइने बताए । उनले सबैलाई सावधान र सतर्क रहन पनि आग्रह गरेका छन् ।
 
उनले यस विषयमा विश्व स्वास्थ्य संगठनलाई जानकारी पठाइसकेको पनि बताए ।

पोपोवाले भाइरसको यो स्ट्रेन एक नयाँ म्यूटेशन रहेको भन्दै हालसम्म मानिसहरुबीच यसको सङ्क्रमण नफैलिएको स्पष्ट गरे । उनले जो व्यक्तिहरुमा यो सङ्क्रमण देखिएको छ उनीहरुले आफूलाई आइसोलेट गरेको जानकारी दिँदै भविष्यमा यसबाट जोगिनका लागि हामी थप तयारीमा रहेको पनि उल्लेख गरे ।

बर्ड फ्लूको दोस्रो स्ट्रेन प्रायः मानिसलाई सङ्क्रमित गर्ने र मृत्युको कारण बन्ने गर्छ । तर, यो पहिलो केस हो जब बर्ड फ्लूको एच ५ एन ८ स्ट्रेनले मानिसलाई सङ्क्रमित बनाएको छ ।

Last modified on 2021-02-23 06:06:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts