नर्भिक अस्पतालको सेवा झनै प्रविधिमैत्री,ओपीडीको पुनर्निर्माण



Download our app to get more features

काठमाडौं, ९ फागुन । नर्भीक ईन्टरनेश्नल अस्पतालले विश्वस्तरीय सेवा दिनको लागि आफ्नो ओपीडीको पुनर्निमार्ण गरेको छ । विश्वस्तरीय नयाँ ओपीडीको आजबाट सुरु गरिएको हो । 
नर्भीक अस्पतालले आफ्नो सम्पुर्ण सेवालाई पूर्णरुपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने काम ओपिडीबाट सुरु गरेको अस्पतालका म्यानेजि डाईरेक्टर मेघा चौधरीले बताए । सबै सेवालाई अत्याधुनिक बनाउन स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको जानकारी पनि उनले दिए ।

बिरामीले पैसा तिरे अनुसार नै सेवा पाउन् भन्ने उदेश्यले ओपीडीबाट रेनोभेसनको काम थालिएको चौधरीले जनकारीदिेए । "अस्पताल हाताभित्त पुग्दा दुर्गन्धआउने, मानिसहरुको अव्यवस्थित भिडभाड देखिने परम्परावदी दृश्यहरु कसैले देख्न नपरोस", उनले भने । देसकै स्तरिय अस्पताल बनाईराख्न  समयको मागअनुसार पुर्ननिमार्ण गरिउको अस्पतालका एक्जुकेटीभ डाइरेक्टर राजेन्द्र बहादुर सिंहले बताए ।

अत्याधुनिक ओपीडीमा बिरामीले पालो कुर्न नपर्ने अस्पतालले जनाएको छ । कन्सलट्यान्टहरु सम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा तयार गरिएको छ ।  ओपीडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुनेगरि ओपिडी ईन्चार्जसँगै राखिएको दाबी अस्पतालले गरेको छ । 
पूर्ण डीजीटाइज्ड स्वास्थ्य सेवा  दिने उदेश्यले आफ्नै मोबाईल एप्स निमार्णको काम अन्तिम चरणमा पुगेको अस्प्तालले जनाएको छ । 

Last modified on 2021-02-21 17:34:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts