स्टार अस्पतालमा एनआइसियु सेवा सुरु 



Download our app to get more features

काठमाडौ, ७ फागुन । ललितपुर सानेपास्थित स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार कक्ष(एनआइसियु) सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एनआइसियु कक्षको उद्घाटन गरेकाहुन् । 

उनले एनआइसियु जस्तो अति संवेदनशिल विभाग शुभारम्भ गरेकोमा शुभकामना दिदै बेड अभावमा उपचार नपाउने समस्या कमी हुने बताए । उद्घाटनका क्रममा उनले पहिलो प्राथमिकतामा कोभिड खोप, दोस्रोमा प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण र तेस्रोमा स्वास्थ्य सेवाको कर्मचारी समायोजनको विषयलाई राखेको बताए।
यस्तै कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले आफ्नो अस्पतालको प्रयोगशाला ‘ख’ बर्गबाट ‘क’ मा स्तरोन्नती भएकोमा खुशी व्यक्त गर्दै अस्पतालको सेवा सुविधा अझै विस्तार गर्दै लैजाने बताए । 

१४ वर्षदेखि सञ्चालित यस अस्पतालमा स्टार अस्पतालले सेटेलाइट अस्पतालका रुपमा बागमती प्रदेशमा नुवाकोटमा सेवा विस्तार गरेको र आगामि दिनमा अन्य प्रदेशमा पनि सेवा सुरु गर्ने योजना रहेको रुपाखेतीले बताए  ।

अस्पतालले पाचन प्रणाली सम्बन्धि उपचार केन्द्र स्थापना गर्ने तयारी गरेको छ । स्टार अस्पताल पीसीआर परीक्षण सुरु गर्ने पहिलो निजी अस्पताल पनि हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts