कोरोनाको भ्याक्सिन नलगाए ३५० डलर जरिवाना



Download our app to get more features

बीबीसी, ७ फागुन । इन्डोनेसियामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन नलगाउनेले जरिवाना तिर्नुपर्ने भएको छ। कोरोनाको भ्याक्सिन नलगाउने हो भने ३५० डलर जरिवाना तिर्नुपर्ने उर्दी सरकारले जारी गरेको छ।

इन्डोनेसिया विश्वकै एकमात्र देश हो, जहाँ कोरोनाको खोप अनिवार्य गरिएको छ। भ्याक्सिन नलगाउने नागरिकलाई सामाजिक सुरक्षाको रकम पनि नदिइने चेतावनी सरकारले दिएको छ। 

कोरोना भाइरसबाट अत्यधिक प्रभावित दक्षिणपूर्वी मुलुक हो इन्डोनेसिया। त्यहाँ २४ लाखभन्दा बढी कोरोना संक्रमित छन् भने झण्डै ३४ हजारको मृत्यु भइसकेको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts