न्युजिल्याण्डले सबै विद्यालयका छात्राहरुलाई नि:शुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउँदै



Download our app to get more features

एजेन्सी, ७ फागुन ।  न्युजिल्याण्ड सरकारले आगामी जुनदेखि सबै विद्यालयका छात्राहरुलाई महिनावारी हुँदा प्रयोग गर्ने सामग्री नि:शुल्क रुपमा उपलब्ध गराउने 
महिनावारी भएको समयमा धरैजसो छात्राहरु विद्यालयमा अनुपस्थित भएको पाइएपछि न्युजिल्याण्डले निशुल्क रुपमा सेनेटेरी प्याड, ट्याम्पन्स जस्ता सामग्री उपलब्ध गराउने निर्णय गरेको हो। 

गरिबीका कारण छात्राहरुले सेनेटेरी प्याड खरिद गर्न नसक्दा विद्यालयमा अनुपस्थित हुने गरेको अधिकारीहरुले बताएका छन्। गएको वर्ष १५ वटा विद्यालयमा गरिएको नि:शुल्क सेनेटेरी प्याड उपलब्ध गराउने पाइलट कार्यक्रम सफल भएको थियो।  

प्रधानमन्त्री ज्यासिन्दा अर्डर्नले भनिन्, ‘युवाहरु कुनै पनि कारणले शिक्षाबाट बञ्चित हुनु हुँदैन।’ न्युजिल्याण्डमा १२ मध्ये एक जना गरिबीका कारण सेनेटेरी प्याड खरिद गर्न नसक्दा विद्यालयमा अनुपस्थित हुने गरेको उनले बताइन्।

गरिबी कम गर्न र विद्यालयमा उपस्थिति बढाउनका लागि सरकारले निशुल्क प्याड उपलब्ध गराउने एक बहाना मात्र भएको उनले बताइन्। 

Last modified on 2021-02-19 10:10:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts