भारत महाराष्ट्रका स्वास्थ्य मन्त्री टोपे कोरोना संक्रमित
एजेन्सी, ७ फागुन । भारत महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपे कोरोना संक्रमित भएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार स्वास्थ्यमन्त्री टोपेले आफ्नो ट्वीटर ह्यान्डलमा आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि टोपे होम आइसोलेसनमा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिएका छन् । साथै आफू नियमित डाक्टरसँगको परामर्शमा रहेको पनि बताएका छन् ।
उनले आफूसँगै सम्पर्कमा आएकाहरुलाई सतर्क रहन पनि आग्रह गरेका छन् ।
महाराष्ट्र भारतको सबैभन्दा बढी कोरोना प्रभावित राज्य हो ।
Last modified on 2021-02-19 08:48:43