विश्वभर कोरोना सङ्क्रमितको संख्या ११ करोड नाघ्यो

२ करोड २६ लाखभन्दा बढी सक्रिय सङ्क्रमित



Download our app to get more features

एजेन्सी, ६ फागुन । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ११ करोड नाघेको छ । गत २४ घन्टामा विश्वभर ३ लाख ९० हजार ६ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । वर्ल्ड मिटरको तथ्याङ्क अनुसार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ११ करोड ४ लाख ४ लाख १८ हजार १ सय ६२ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर थप ११ हजार २ सय ८९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ३९ हजार ८ सय १४ पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ८ करोड ५३ लाख १३ हजार ८१ जना स्वस्थ भएका छन् भने विश्वभर सक्रिय सङ्क्रमितको संख्या २ करोड २६ लाख ६४ हजार १ सय २४ रहेको छ ।

गत २४ घन्टामा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा २ हजार ४ सय ८६ जना सङ्क्रमितको मृत्यु भएको छ भने ७० हजार ७ सय १६ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

यसैगरी ब्राजीलमा १ हजार १ सय ९५ जना सङ्क्रमितको मृत्यु भएको छ भने ५७ हजार २ सय ९५ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

Last modified on 2021-02-18 14:01:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts