विश्वभर सक्रिय संक्रमितको संख्या घट्यो, अमेरिकामा कोरोनाका कारण मृत्यु हुने संख्या ५ लाख नजिक



Download our app to get more features

एजेन्सी, ४ फागुन । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर थप ६ हजार ३ सय ८२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख १८ हजार २ सय ५० पुगेको छ । 

गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा रहेका छन् । अमेरिकामा मात्रै ९ सय ५१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नजिक पुगेको छ । कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोनाका कारण ४ लाख ९८ हजार २ सय ३ जनाको मृत्यु भइसकेको छ । 

यस्तै कोरोनाका कारण गत २४ घन्टामा ब्राजीलमा ५ सय १, रुसमा ३ सय ९४, फ्रान्समा ४ सय १२, बेलायतमा २ सय ३०, स्पेनमा २ सय ३४, इटालीमा २ सय ५८ जनाको मृत्यु भएको छ । 

यस्तै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या ११ करोड नजिक पुगेको छ । वर्ल्ड मिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १० करोड ९६ लाख ७० हजार ४ सय ७३ पुगेको छ भने संक्रमित भएकामध्ये ८ करोड ४२ लाख ५ हजार ८९ जना स्वस्थ भएका छन् ।

पछिल्लो समय विश्वभर सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २८ लाख ९४ हजार ७ सय ९२ रहेको छ ।

Last modified on 2021-02-16 17:31:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts