अत्याधुनिक प्रविधिसहित सेवा दिँदै आएको अल्का अस्पताल १५ औं वर्षमा प्रवेश



Download our app to get more features

ललितपुर, ३ फागुन । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल १५ औं वर्षमा प्रवेश गरेको छ । 

२०६२ साल फागुन ३ गतेदेखि सञ्चालनमा आएको अस्पताल १४ औं वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको हो ।

‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
 
स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई सञ्चालनका लागि अनुमति दिएको थियो । हाल अस्पतालमा एक सय शय्या सञ्चालनमा रहेको छ ।

अस्पतालका संस्थापक थापाले भने, ‘अस्पताल सञ्चालमा ल्याएको १४ वर्ष बितिसकेको अझै लागेको छैन । यहााँसम्म आइपुग्न हामीलाई सेवाग्राही, अस्पतालका चिकित्सक र कर्मचारीहरुको ठूलो योगदान छ । सबैलाई धन्यवाद दिन छ ।’

यस्तै अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्र्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सवल र सक्षम रहेको बताइन् । 
 
अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले बिरामीहरुको उपचारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।

कोरोना महामारीको बेला अल्का अस्पतालले अग्रपंक्तिमा खटेर बिरामीहरुको सेवामा जुटेको थियो ।

अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर बिरामीहरुलाई सेवा दिदैँ आइरहेको छ । 
 
सुविधा सम्पन्न एनआईसीयू कक्ष रहेको यस अस्पतालमा टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग लगायत अन्य सम्पुर्ण परीक्षण पनि हुँदै आएको छ ।

अस्पतालले नशा सम्बन्धी, बाथ रोग सम्बन्धी, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले बिरामीहरुलाई सेवा दिँदै आएको छ ।
 
१५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ भने असहायहरुलाई खाद्यान्न वितरण गरेको छ । 

वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले निः शुल्क बाथरोग सम्बन्धि शिविर पनि सञ्चालन गरेको छ ।
 

Last modified on 2021-02-15 15:41:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts